मलको विषयमा छलफल गर्न संसदमा स्थगनको प्रस्ताव प्रस्तुत, छलफल जारी

मलको विषयमा छलफल गर्न संसदमा स्थगनको प्रस्ताव प्रस्तुत, छलफल जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३०, २०७९

प्रतिनिधिसभा बैठकमा प्रस्तुत स्थगन प्रस्तावमाथि छलफल भइरहेको छ । सोमबारको बैठकमा नेकपा एमालेका प्रमुख सचेकत विशाल भट्टराईले मलको विषयमा छलफल गर्न भन्दै प्रस्तुत गरेको स्थगन प्रस्तावमाथि छलफल भइरहेको छ । 

एमालेका प्रमुख सचेतक भट्टराईसहित १५ जना सांसदले संसदमा जारी बजेटमाथिको छलफल रोकेर मलका बारेमा छलफल गर्नुपर्‍यो भन्दै आइतबार दर्ता गराएको स्थगनको प्रस्ताव सोमबार बैठकमा प्रस्तुत गरेर छलफल थालिएको हो ।