मध्यरातमा करको दर परिवर्तन प्रकरण : संसदमा अर्थमन्त्रीको राजीनामा माग

मध्यरातमा करको दर परिवर्तन प्रकरण : संसदमा अर्थमन्त्रीको राजीनामा माग

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ३०, २०७९

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका छन् । 

सोमबार संचार माध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार आएपछि संसदमा प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीको राजीनामा मागेको हो । 

बेलायती संसद र अर्थमन्त्रीको राजीनामा प्रकरण उल्लेख गर्दै सांसद भट्टराईले सोही विषय नेपालमा लागू हुन्छ कि हुँदैन ? भन्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताए ।यसबारे सदन, सांसद, प्रधानमन्त्रीसहित सबैको ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ ।