कुमारी बैंकका ग्राहकलाई ड्रिमल्याण्ड गोल्ड रिसोर्टले सेवाहरुमा विशेष छुट दिने समझदारी

कुमारी बैंकका ग्राहकलाई ड्रिमल्याण्ड गोल्ड रिसोर्टले सेवाहरुमा विशेष छुट दिने समझदारी

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ३०, २०७९

कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख  नवीन मुनि बज्राचार्य तथा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका तर्फबाट महाप्रबन्धक श्री लक्ष्मण खड्काले हस्ताक्षर गर्नुभयो । 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट÷क्रेडिट कार्ड वाहक हरुले उक्त होटेल बसाइमा रुम शुल्कमा ३०% र खानपानमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउण्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।