डडेल्धुरा :  देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा !

डडेल्धुरा :  देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा !

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३०, २०७९

डडेल्धुरा । डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । 

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।