कोरोना भाइरस :  नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा संक्रमण पुष्टि

कोरोना भाइरस :  नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा संक्रमण पुष्टि

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ३०, २०७९

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २११ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ८६ जनाले पीसीआर र १ हजार १२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा १३ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । 

यससँगै संक्रमण मुक्त हुनेको संख्या नौ लाख ६७ हजार २१७ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १०२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा १०२ सङ्क्रमित रहेका छन् ।