नेपाली फुटबलमा इन्द्रमानको इन्द्रजाल !  विवाद बढाउँदै फाइदा उठाउँदै !!

नेपाली फुटबलमा इन्द्रमानको इन्द्रजाल !  विवाद बढाउँदै फाइदा उठाउँदै !!

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३०, २०७९

काठमाडौँ । नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा यतिखेर २१ औ अधिवेशनको संघारमा छ । यस्तो समयमा फुटबल क्षेत्रमा भएका विवादलाई मिलाएर साझा नेतृत्व चयन गनुपर्ने माग आम खेल प्रेमीहरुवाट उठिरहेको अवस्थामा एन्फाकै जिम्मेवार व्यक्तिहरु भने आन्तरीक विवाद बढाएर आफ्नो फाइदा उठाउन लागेको पाइन्छ । त्यस मध्येका मैदान बाहिरका एक खेलाडी मानिन्छन्  इन्द्रमान तुलाधर । 

एन्फा महासचिवका रूपमा रहेका तुलाधर आफुलाई स्वार्थ केन्द्रित गर्दै फुटबल क्षेत्रमा विवाद सृजना गरी  आफ्नो फाइदा उठाउने काममा लागेको आरोप त्यस क्षेत्रका सरोकारवालाहरुले नै लगाउने गरेका छन् ।

अध्यक्षलाई रवरस्टाम बनाएर प्रयोग गर्दै आएका तुलाधर खेलाडिले १८ हजार तलव लिंदा  उनि मासिक रुपमा करिव एक लाख २० हजार सहित अन्य यातायात,इन्धन, संचार लगायतका सुविधा लिइरहेका छन् । यसमा उनले एन्फा तलव निर्धारण समितिले तोकेको ५८ हजार २ सय लाई अर्को निर्णयमा घुसाएर बढाएको आरोप छ ।

कार्य समितिको निर्णयलाई ट्वाइलेट पेपर सम्झिने तुलाधर फिफा र एएफसीले हटाउन निर्देशन दिएपनि प्रभाव र पहुँच प्रयोग गरी आफुलाई प्रकाशमानको मान्छे हुँ भन्दै निर्वाचनको प्रलोभन देखाउँदै  जिम्मेवारीमै रहिरहे ।

निजी स्वार्थको लागि जे पनि गर्न सक्ने व्यक्तिको रुपमा चर्चामा आएका उनि एन्फाका हरेका आर्थिक कारोवारमा समेत जोडिने गरेका छन् । एन्फाका टेण्डर प्रकृयामा आफ्नै भाइलाई सेटिङ गरी फाइदा उठाउँदै आएका उनले आफ्नो र आफ्नो पक्षको हित र स्वार्थको लागि ऐन नियम कानुन समेतलाई वेवास्ता गरे । 

एन्फाले रौतहटमा सरकारको स्वीकृतिबिना बनाएको महिला फुटबल एकेडेमीमा बिनाप्रतिस्पर्धा एक करोड ७ लाख बढीको निर्माण र फ्लोरिङको ठेक्का दिएको, एन्फा मुख्यालय मर्मत सम्भार र स्तरोन्नतिमा एउटै प्रकृतिका योजनालाई टुक्राएर १० लाखदेखि ५७ लाखसम्मका कुल २ करोड ५१ लाख ८६ हजार ७ सय ९६ रुपैयाँ ३४ पैसाको काम बिनाबोलपत्र (टेन्डर) ६ वटा ठेकेदार कम्पनीबाट गराएका तुलाधरले राम्रो फाइदा उठाउँदै संकटा क्षेत्रमा घर थप्न समेत सफल भएको चर्चा छ । यस विषयमा तुलाधरको आलोचना त भयो तर कसैले कुनै कारवाही भने गर्न सकेन । 

अहिलेको निर्वाचन प्रक्रियामा सबै कागजात एन्फा सचिवालय प्रमुखको हैसियतमा तुलाधरले प्रमाणित गरेर निर्वाचन समितिलाई दिन्छन् । अर्थात्, समिति स्वतन्त्र छैन । समितिले विधानविपरीत भन्दै लेखा समितिका सदस्य दीपक थापा, केन्द्रीय सदस्य प्रवीन यादव र पेमा डोल्मा लामा तथा स्थायी समितिका संयोजक उत्तम भण्डारीको मताधिकार स्विकारेन

नेपाल सरकारको प्रचलित कानुन र सार्वजनिक खरिद नियमावली २०६४ अनुसार ५ लाख बढीको काम टेन्डर प्रक्रिया ९कम्तीमा ३ वटाको प्रतिस्पर्धा० र एन्फाकै आर्थिक कार्यविधि २०७५ को दफा १२ ९ख० ३ अनुसार १० लाखभन्दा माथिको काम टेन्डरबाट कम्तीमा ५ प्रतिस्पर्धाबाट गर्नुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सचेत गराउँदा समेत तुलाधरले वेवास्ता गरे ।

एन्फाले ‘ए’ डिभिजन लिग २०७८ को टिकट बिक्रीमा १ करोड बढीको माग गर्दै टेन्डरको सूचना निकाल्यो । एउटै मात्र आवेदन ५१ लाखको प¥यो । भोलिपल्ट १ करोड बनाउन लगाएर त्यही कम्पनीलाई ठेक्का दियो । ५० लाख बढीको काम कार्यसमितिको निर्णयबाट गराउनुपर्ने नियम पनि उनले तोडे । बिना टेन्डर १६ लाखको पूर्वाधार नेपाली सेनाको भद्रकाली मैदानमा बनाइयो । तुलाधरले फाइनान्स डाइरेक्टर निरञ्जन शाहले हवाई टिकटको मूल्य टिपेक्स लगाएर बिल भुक्तानी गरेर घोटाला गरेको प्रमाण सार्वजनिक भएपनि कुनै निकायले कार्वाही गर्न सकेन । 

एन्फाकै फाइनान्स डाइरेक्टरसँगको मिलेमतोमा पटक पटक लाखौं मुल्यको यार्चागुम्बा खरीद,प्लेन टिकट घोटाला,पेश्की फर्छ्यौटमा अनियमितता जस्ता दर्जन प्रकरणमा मुछिएका तुलाधरले आर्थिक अनियमितताको विषयमा कार्य समितिले फाइनान्स डाइरेक्टरलाई निलम्वन गरेको निर्णय गर्दा समेत कुनै कार्वाही गर्न चाहेनन् ।

यस प्रकरणसँगै कार्यालयमा रातको समयमा एन्फा कार्यालय चोरी प्रकरण समेत आफ्ना कर्तुत लुकाउन गरीएको एक खेल हो भन्ने सर्वत्र चर्चा छ । 

अहिलेको निर्वाचन प्रक्रियामा सबै कागजात एन्फा सचिवालय प्रमुखको हैसियतमा तुलाधरले प्रमाणित गरेर निर्वाचन समितिलाई दिन्छन् । अर्थात्, समिति स्वतन्त्र छैन । समितिले विधानविपरीत भन्दै लेखा समितिका सदस्य दीपक थापा, केन्द्रीय सदस्य प्रवीन यादव र पेमा डोल्मा लामा तथा स्थायी समितिका संयोजक उत्तम भण्डारीको मताधिकार स्विकारेन । यसैलाई अपिल कमिटीमार्फत उल्टाउन तुलाधरले सवै शक्ति प्रयोग गरेर मिहिनेत गरिरहेको अर्को पक्षको दाबी छ ।

हालको एन्फाको निर्वाचन प्रयोजनको अपिल कमिटी सदस्य अधिवक्ता सुधा रिजाल आफ्नै गोजीको मान्छे भन्दै निर्वाचन समितिले आफ्नो विपक्षमा गरका  निर्णय उल्टाइ दिन्छु भन्दै आफ्नो समुहमा गफ गर्ने गरेको समेत व्यापक चर्चा छ ।

बर्षौ देखि नेपाली फुटबलमा विवाद सृृजना गराउँदै फाइदा उठाउनतिर खेलाडी तुलाधर अहिलेको खेलमा कति सफल हुन्छन् या गुमाउँछन्  त्यो भने हेर्न वाँकी छ ।