सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुलसँग १० घन्टा सोधपुछ

सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुलसँग १० घन्टा सोधपुछ

एजेन्सी  |  विदेश  |  जेठ ३१, २०७९

भारतमा नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा कांग्रेस नेता राहुल गान्धीसँग सोमबार १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिएको छ । थप सोधपुछका लागि राहुललाई आज पनि बोलाइएको भारतीय संचार माध्यमहरूले जनाएका छन् । 

प्रवर्तन निर्देशनालयले नेसनल हेराल्ड अखबारसँग जोडिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा सोधपुछका लागि राहुल गान्धी र कांग्रेस प्रमुख सोनिया गान्धीलाई बोलाएको थियो । योंग इन्डियन प्रालिविरुद्धको उजुरीलाई ट्रायल अदालतले नोट गरेपछि एजेन्सीले हालै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो ।

राहुलको सोधपुछलाई लिएर प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले विरोध जनाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले विपक्षीहरूको आवाज बन्द गर्न प्रवर्तन निर्देशनालय र अन्य केन्द्रीय निकाय  प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ ।
पार्टीले आफ्ना नेताविरुद्धका आरोप ‘नक्कली र आधारहीन’ भएको र भाजपाले ‘बदलाको राजनीति’ गरेको आरोप लगाएको छ ।