सुनको मूल्य १ हजार ८०० रुपैयाँले घट्यो

सुनको मूल्य १ हजार ८०० रुपैयाँले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ३१, २०७९

सुनको मूल्य मंगलबार तोलामा १ हजार ८०० रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला १ हजार ८०० रुपयाँले घटेर ९७ हजार १०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा किनबेच भएको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरिएको छ । 
त्यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।