अब ताजमहलमा ब्रेस्टफीडिंग रूम

अब ताजमहलमा ब्रेस्टफीडिंग रूम

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०७६

महिलाहरुले संसारमा आफ्नो अधिकारका लागि संघर्ष गरेको निकै लामो समय भैसक्यो । यौन र सन्तान उत्पादन जस्तो आफ्नो शरीर माथिको निर्णयको अधिकार पनि आफ्नो रहेन भनेर त्यस विरुद्धको आवाज बुलन्द गरेको पनि धेरै नै भैसक्यो । 

सन्तान उत्पादन पछि आफ्नो सन्तानलाई स्तनपान गर्ने मौलिक अधिकार प्रयोग गर्नमा पनि उचित व्यवस्था नभएका कारण लाज शर्मका कारण आवश्यक परेको स्थानमा उनीहरुले यो अधिकारको उपयोग गर्न पाएनन् । 

आफ्नो सन्तान भोकले छट्पटाउँदा पनि घरी पछ्यौरीको सप्को हाल्नुपर्ने, घरी कतै छेलिनुपर्ने । शायद महिलाहरुको यस्तो मर्म बुझेका कारण भारतको प्रसिद्ध पर्यटकीय स्थल ताजमहलले ब्रेस्टफीडिंग रूमको व्यवस्था गर्न लागेको हो । 

काठमाडौं, एजेन्सी । भारतमा ताजमहल त्यस्तो पहिलो पर्यटकीय स्थल बन्दैछ जहाँ पहिलोपटक महिलाका लागि ब्रेस्टफीडिंग रूमको व्यवस्था गरिँदैछ । यसका अलावा आगराको किला तथा फतेहपुर सीकरीमा पनि यस्तो सुविधा प्रदान गरिनेछ ।  

भारतीय पुरातत्व सर्वेक्षण अधिकारी वसंत कुमार स्वर्णकारका अनुसार ताजमहलको सींढिको मुनि छेलिएर स्तनपान गराइरहेकी महिलालाई देखेर यो विचार उत्पन्न भएको हो । 

स्वर्णकारका अनुसार ब्रेस्टफीडिंग रूम त्यस्ता लाखौं महिलाका लागि सहयोगी हुनेछ जो आफ्ना शिशु लिएर तजमहल घुम्न आउँछन् । स्तनपान गराउनु हरेक आमाको अधिकार हो त्यसका लागि पनि उचित व्यवस्था हुन जरुरी छ । हामी त्यस्ता आमाहरुका लागि उचित व्यवस्था गर्न चाहन्छौं । 

भारतीय पुरातत्व सर्वेक्षणका अनुसार भारतमा रहेका ३६ हजार भन्दा धेरै पर्यटकीय स्थलमा ब्रेस्टफीडिंग रूमको सुविधा रहने ताजमहल पहिलो पर्यटकीय स्थल हुनेछ । 

भारतीय पुरातत्व सर्वेक्षण अधिकारी वसंत कुमार भन्छन, यसबाट प्रेरणा लिएर संसारका अन्य पर्यटकीय स्थलले पनि ब्रेस्टफीडिंग रूमको सुविधा प्रदान गर्ने बारेमा विचार गर्नेछन् ।