२ खर्ब ७५ अर्बको बजेट ल्याउँदै ७ प्रदेश

२ खर्ब ७५ अर्बको बजेट ल्याउँदै ७ प्रदेश
budj

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १, २०७९

देशभरका प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक गर्दै छन् । प्रदेश सरकारहरूको ५ वर्षे कार्यकालको यो नै अन्तिम बजेट हो । 

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानको आधारमा प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । 

अधिकांश प्रदेश सरकारले बजेटमा चालू आर्थिक वर्षका कार्यक्रम र योजनालाई नै समेटेका छन् । 

आगामी आर्थिक वर्षका लागि प्रदेश १ ले ३८ अर्ब, मधेस प्रदेशले ३४ अर्ब, बाग्मती प्रदेशले ६० अर्ब, गण्डकी प्रदेशले ३० अर्ब ९६ करोड, लुम्बिनी प्रदेशले ४१ अर्ब, कर्णाली प्रदेशले ३६ अर्ब ५४ करोड र सुदूरपश्‍चिम प्रदेशले ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छन् ।