जसपाको विधान सम्मेलन स्थगित

जसपाको विधान सम्मेलन स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १, २०७९

आन्तरिक विवाद बढेपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को विधान सम्मेलन स्थगित भएको छ ।

२ असारका लागि यसअघि नै तोकिएको विधान सम्मेलन अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । 

‘अर्को सूचना नभएसम्मका लागि विधान सम्मेलन अहिलेका लागि स्थगित भएको छ’, केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीले भने ।

उनका अनुसार अध्यक्ष यादवसहित संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई नयाँ मिति तय गर्ने जिम्मेवारी दिइएको छ ।