भारतमा कुन दलको कति सिट ?

भारतमा कुन दलको कति सिट ?

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०७६

काठमाडौं । भारतका पूर्वराष्ट्रपति अब्दुल कलामले एक पटक संवेदनशील मजाक गर्दै भनेका थिए– कुनै एक व्यक्तिले ‘अलादिनको चिराग’ पायो । चिरागको निस्केको जिनसँग त्यो व्यक्तिले सोध्यो– ल भन, यो नदी किनारमा बालुवाका कति वटा कण छन् ?

जिनले तुरुन्तै जवाफ फर्कायो ।

त्यसपछि त्यो व्यक्तिले ल भन भारतमा कति वटा राजनीतिक दल छन् ?

प्रश्न सुन्नासाथ जिन जवाफ नदिइकन चिरागभित्र पस्यो । 

यो त भयो मजाकको कुरा । भर्खरै सम्पन्न भारतीय लोकसभा निर्वाचनमा भाजपा गठबन्धनमा कति वटा दल छन् भन्ने कुरा भाजपाका कतिपय सक्रिय कार्यकर्तालाई पनि थाहा छैन होला । सायद, भाजपा अध्यक्ष अमित साहले नै आफ्ना सबै सहयोगीको नाम हेर्न मोबाइल प्रयोग गर्नुहुन्छ होला !

पत्रकारले गुगल नगरीकन यो विषयमा लेख्न गाह्रै पर्छ । त्यसैगरी अर्काे गठबन्धन युपिएमा पनि कति दल समावेश छन्, स्थिति उस्तै–उस्तै हो ।

भर्खरै सम्पन्न निर्वाचनमा भारतीय जनता पार्टी ३०३ सिट प्राप्त गरी सबैभन्दा ठूलो दलको रूपमा स्थापित भएको छ । भाजपामा संलग्न अन्य दलले यसप्रकार संसद्मा आफ्नो उपस्थिति राख्न सफल भएका छन् ।

महाराष्ट्रको शिवसेना– १८ सिट
बिहारको जेडियु– १६ सिट
बिहारको लोजपा– ६ सिट
उत्तरप्रदेशको अपना दल– २ सिट
राजस्थानको रालोपा– १ सिट
पञ्जावको अकाली दल– २ सिट

कांग्रेस+कांग्रेस गठबन्धन

कांग्रेस– ५२ सिट
केरलको आइयुएम– २ सिट
केरलको केसिएम– १ सिट
केरलको आरएसपी– १ सिट
तमिलनाडुको डिएमके– २३ सिट
तमिलनाडुको सिपिआई– २ सिट
तमिलनाडुको आइयुएम– १ सिट
तमिलनाडुको भाकपा– २ सिट
महाराष्ट्रको एनसिपी– ५ सिट

अन्य दल

उत्तरप्रदेशको सपा– ५ सिट
उत्तरप्रदेशको बसपा– १० सिट
बंगालको तृणमूल कांग्रेस– २२ सिट
तेलंगानाको टिआरएस– ९ सिट
तेलंगानाको एआइएम– १ सिट
सिक्किमको एसकेएम– १ सिट
ओडिसाको बिजेडी– १२ सिट
नागाल्याण्डको एनडिपिपी– १ सिट
मिजोरमको एमएनएफ– १ सिट
मेघालयको एनपिपी– १ सिट
मणिपुरको एनपिएफ– १ सिट
कर्नाटकको जेडिएस– १ सिट
आसामको एआइयुडिएफ– १ सिट
आन्ध्रप्रदेशको वाइएसआर कांग्रेस– २२ सिट
आन्ध्रप्रदेशको टिडिपी– ३ सिट
जम्मूकाश्मिरको जेकेएनसी– ३ सिट
झारखण्डको आजसु– १ सिट

यसबाहेक बाँकी सिट अन्य दलका भागका परेका छन् ।