एमालेले गर्‍यो संसद् बैठक बहिस्कार

एमालेले गर्‍यो संसद् बैठक बहिस्कार

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २, २०७९

नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरू बैठक स्थलबाट बाहिरिएका छन् । 

बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा २ जना अनधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो । 

सो घटनाको छानबिनका लागि संसदीय समिति गठन र सो दिनको मन्त्रालयको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेको र सुनुवाइ नभएको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकको बाँकी काम कारबाहीमा आफ्नो पार्टी सहभागी हुन नसक्ने सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराए । यसपछि प्रमुख प्रतिपक्षी दल एमालेका सांसद बैठकबाट बाहिरिए । 

एमालेका सांसद बाहिरिए पनि सभामुख सापकोटाले बैठक चलाइरहेका छन् । अर्थमन्त्री शर्माले विनियोजन विधेयकमाथि जबाफ दिइरहेका छन् । उनले कुनै पनि अनधिकृत व्यक्ति प्रवेश नगराएको दाबी गरे ।