सयपत्री हाइड्रोपावरको आईपीओ खुला

सयपत्री हाइड्रोपावरको आईपीओ खुला

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २, २०७९

सयपत्री हाइड्रोपावरले बिहीबारदेखि साधारण शेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो ।

सयपत्री हाइड्रोपावरको कुल चुक्ता पुँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको छ । यसमध्ये ३० प्रतिशत अर्थात् ९ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको छ । यसमध्ये ३ लाख कित्ता शेयर आयोजना प्रभावितलाई बिक्री गर्न लागेको हो ।

यस्तै, बाँकी ६ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुलाइनेछ, जसमध्ये १२ हजार कित्ता आईपीओ कर्मचारीलाई र ३० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

कम्पनीले बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका लागि आईपीओको बिक्री खुलाएको हो । यस्तै, गल्कोट नगरपालिकाका स्थानीयवासीले समेत आईपीओमा आवेदन दिन सक्नेछन् ।