'एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम' मा सूर्या लाइफ इन्स्योरेन्स

'एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम' मा सूर्या लाइफ इन्स्योरेन्स

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २, २०७९

रुपन्देही । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी  प्र्रदेशमा 'एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पेरणा मुलक कार्यक्रम” एक भव्य समारोहको आयोजना गरी करिब २०० भन्दा बढी आभिकर्ताहरु माझ सम्पन्न गरेको छ ।

सूर्या लाइफका अनुसार  प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ता हरुको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रदेश प्रमुख, किरण गौतम ज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीहरुले आफ्ना सफलताका शुत्रहरु अभिकर्ता हरु माझ साट्नुभएको थियो ।

सूर्या लाइफको 'मेरो पहिलो पोलिसी' अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गर्नुभयो । साथै उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणा मुलक सन्देश तथा उपलब्धि मुलक प्रशिक्षण दिनु भयो । बिमितहरुको सेवालाई प्राथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य बृद्धि हुने भन्नु भयो । 

अभिकर्ता हरु नै कम्पनीको मेरुदण्ड भएको र उहाँहरु मार्फत नै आम जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन सहज भएको बताउनु भयो । समयको सही सदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको जानकारी पनि गराउनु भयो । उक्त कार्यक्रमबाट अभिकर्ताहरुले नयाँ जोस, जाँगर र थप हौसला प्राप्त गरेको कुरा व्यक्त गरे ।