नबिल बैंक : आकर्षक सुबिधा सहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा जारी

नबिल बैंक : आकर्षक सुबिधा सहितको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा जारी

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २, २०७९

काठमाडौँ । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरूको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा जारी गरेको  नबिल बैंकले जनाएको  छ।

नबिल बैंकका अनसार  फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वन विनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरूको वित्तिय आवश्यकता पुरा गर्न आकर्षक सुबिधा तथा ब्याजदर सहित नयां कर्जा योजना ल्याएको हो । यस कर्जा योजना अन्तर्गत बैंकले साबिकको भन्दा शून्य दशमलब ५ प्रतिशत (०.५ प्रतिशत)  कममा कर्जा उपलब्ध गराउनेछ । बैंकले पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नको लागि  क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुविधाहरु प्रदान गरि व्यवसायीहरू माझ वित्तिय पहुँचमा जोड दिनेछ । साथै, आफ्ना ग्राहक वर्ग सम्म व्यवसायको उत्पादन र सेवाहरु वितरणलाई सहज बनाउने उदेश्यले  'Nabil SME सहकार्य योजनामा'  आबद्ध गराउनेछ ।

'नबिल पर्यावरणमैत्री व्यवसाय कर्जा योजना हाम्रो दिगो बैंकिङ्ग अन्तर्गतको विभिन्न प्रयासहरु मध्येको एक हो, जस अनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरण मैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तिय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,'  बैंकका SME and MF विभागका प्रमुख निरज कुमार बस्नेत  बताउँछन्   ।

उनका अनुसार बैंकले यस कर्जा योजना अन्तर्गतका ऋणीहरूलाई एक सफल व्यापार उद्यमको रूपमा विकाश गर्न ऋणीहरूलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरुमा समाबेश गर्नेछ ।