‘ह्विस्कीको नशामा एसपीपीमा हस्ताक्षर गराउलान्, सचेत रहनुहोस्'

‘ह्विस्कीको नशामा एसपीपीमा हस्ताक्षर गराउलान्, सचेत रहनुहोस्'

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३, २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा हस्ताक्षर गराउन प्रयास गर्लान् भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा आफ्नो धारणा राख्दै अध्यक्ष नेपालले ‘ह्विस्की’ खुवाएर सम्झौता गराउने आशंका गर्दै प्रधानमन्त्री देउवालाई सचेत गराएका हुन् ।
अमेरिकी सरकारले देउवालाई भुलभुलैयामा पारेर हस्ताक्षर गराउन सक्ने खतरा अझै रहेको तर्फ नेपालको आशंका कायमै छ । ‘मीठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गरिएला, ख्याल गर्नुहोला’, नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई सोबारेमा जानकारी माग गरेको पनि बैठकमा बताएका छन् । ‘मैले प्रधानमन्त्रीलाई सोध्दा उहाँले एसपीपीमा हस्ताक्षर गर्दिनँ, कसैले भने पनि म गर्दिनँ भन्नुभयो । यसो हेर्दा उहाँ अडानमा हुनुहुन्छ । उत्तरी सीमामा सैन्य गतिविधि हुन दिन्नँ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वस्त भएको छु । कुनै पनि मुलुकको दबदबा स्वीकारिँदैन । यस सम्झौतमा हाम्रो असहमति छ’, नेपालले बैठकमा भने । बैठक जारी छ।