आजदेखि शुक्रबार शेयर कारोबार

आजदेखि शुक्रबार शेयर कारोबार

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ३, २०७९

आजदेखि शुक्रबार पनि शेयर कारोबार हुने थालेको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार पनि शेयर कारोबार संचालन गर्ने निर्णय गरेको थियो । 

सोहीअनुसार पहिलो पटक शुक्रबार पनि शेयर कारोबार हुने भएको हो । शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा मात्र कारोबार हुने नेप्सेले जानकारी गराएको छ ।

आइतबारदेखि बिहीबारसम्म दिनको ४ घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म शेयर कारोबार हुनेछ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेप्सेले शुक्रबार शेयर कारोबार खुला गरेर आइतबार बन्द गर्दै आएको थियो ।