नागरिकता विधेयकका लागि दुई मन्त्रीको बालकोटमा घरदैलो

नागरिकता विधेयकका लागि दुई मन्त्रीको बालकोटमा घरदैलो

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३, २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि गृहमन्त्री बालकृष्ण खाँड र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका छन् ।

शुक्रबार साँझ दुई मन्त्री बालकोट स्थित ओली निवास पुगेका हुन् । 

ओलीसँग मन्त्रीद्वयले नागरिकता विधेयकबारे छलफल गर्ने बताइएको छ । 

दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने सरकारको तयारी छ । 

गृहमन्त्री खाँडले नागरिकता विधेयकबारे पटकपटक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । लोसपाले पनि नागरिकता विधेयक अघि बढाउन माग गरिरहेको छ ।