निकेश राई रहेको ‘लाहुरे माइला ’ बोलको म्यूजिक भिडियो युट्युबमा (भिडियोसहित)

निकेश राई रहेको ‘लाहुरे माइला ’ बोलको म्यूजिक भिडियो युट्युबमा (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार ४, २०७९

काठमाडौँ ।  शब्द तथा सङ्गीत निकेश राई रहेको ‘ लाहुरे माइला ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

अशोक मुकारुङ र सुनीता संयोगको आवाजमा युगल गीत ‘ लाहुरे माईला ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा शब्द तथा सङ्गीत निकेश राईको रहेको छ । ‘लाहुरे माईला ’ पूर्वेली लोकलयमा आधारित गीत हो ।

मकालु १ वालुङ संखुवासभामा जन्मिएका गायक तथा संगीतकार निकेश राई नेपाली  गीत संगीतमा परिचित नाम हो । हाल सम्म ३०० को हाराहारीमा संगीत भरी सकेका छन् भने १०० जती गीतमा स्वर दिई सकेका सर्जक हुन ।  

गीतको भिडियो  अफिसियल युट्युब च्यानल ‘निकेश राई ’मार्फत् सार्वजनिक गरेका हुन भने राजु कार्की ले गरेका एरेन्जको गीत रेकर्डिङ, मिक्सिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो । भिडियोमा छायाङ्कन किरण राई र सुरेश राई तथा सम्पादन नबिन घर्ती मगर ले  गरेका छन् । भिडियोको कन्सेप्ट स्वयम् निकेस राईको  रहेको छ । 

 ‘ लाहुरे माइला’ म्युजिक भिडियो यहा‍ँ क्लिक गरेर हेर्न र सुन्न सकिन्छ ।