एकीकृत समाजवादी नुवाकोटको निष्कर्ष : 'माओवादीसँग भएको गठबन्धन प्रभावकारी र इमानदारिता भएन'

एकीकृत समाजवादी नुवाकोटको निष्कर्ष : 'माओवादीसँग भएको गठबन्धन प्रभावकारी र इमानदारिता भएन'

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ५, २०७९

नुवाकोट । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि नुवाकोटको चौथो वैठक २०७९  असार ४ गते शनिबारका दिन विदुरमा सम्पन्न भएको सो पार्टीले जनाएकाे छ । 

एकीकृत समाजवादी नुवाकोटका अनुसार  जिल्ला अध्यक्ष गोविन्द नेपालीको अध्यक्षता तथा पोलिटव्यूरो सदस्य एवं इन्चार्ज राजेन्द्र प्रकाश लोहनीको प्रमुख आतिथ्यतामा बसेको थियो ।  । 
वैठकले स्थानीय तहको निर्वाचन २०७९ मा सहभागी भई विजयी हुने तथा पराजय हुने उम्मेदवार,  मतदानमा सहभागी हुने मतदातालाई धन्यवाद दिंदै  स्थानीय तहको निर्वाचन २०७९ मा भाग  लिँदा पार्टी स्थापनाको छोटो समय भएकाले  प्रतिस्पर्धाको लागि पार्टी कमिटि सक्षम भइनसकेको निश्कर्ष निकालेको छ ।  

बैठकमा गठबन्धन जुन मर्म र भावना अनुसार भएको थियो, सो अनुसार गठबन्धन नभएको र  नेकपा माओवादी केन्द्रसँग भएको सीमित सीटमा भएको गठबन्धनमा समेत  माओवादी केन्द्र जिम्मेवार नभएको, प्रभावकारीता र इमान्दारिता कायम हुननसकेको निचोड  निकालेको छ । 

नेकपा एकीकृत समाजवादी जिल्ला कमिटि नुवाकोटको चौथो वैठक पुर्न संगठित हुँदै प्रभावकारी ढंगबाट संगठन निर्माण गर्दै अघि बढ्ने निर्णय समेत गरको जनाएकाे छ ।