पेशागत महासंघ नेपाल पर्साको अध्यक्षमा सुवदार यादव

पेशागत महासंघ नेपाल पर्साको अध्यक्षमा सुवदार यादव

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ५, २०७९

पर्सा । पेशागत महासंघ  पर्साको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंज स्थित श्रीपुरमा सम्पन्न भेलाले सुवेदार प्रसाद यादवको अध्यक्षतामा महासंघ पर्साको १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।

नवगठित समितिको उपाध्यक्ष संजिव साह, महिला उपाध्यक्ष रुबि मिश्र, सचिव मनोज साह, सह सचिव सरस्वती कुमारी, कोषाध्यक्ष लक्षमन बहादुर कुंवर, सदस्यहरु रामनाथ राउत, रामकिशोर महतो, कृष्ण कुमार मिश्र, गेनालाल प्रसाद कुर्मी, शैलेन्द्र यादव, रामसवारथ साह र ग्रभु प्रसाद साह चयन हुनुभएको छ  ।

भेलाको उद्घाटन पेशागत महासंघ नेपालका राष्ट्रिय अध्यक्ष प्रेमल कुमार खनालले गर्नुभएको थियो । भेलाको उद्घाटन समारोहमा संविधान सभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका पोलिट ब्युरो सदस्य रामचन्द्र साह, पेशागत महासंघ मधेश प्रदेशका इन्चार्ज योगेन्द्र यादव, सह इन्चार्ज संतोष सिंह, नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र लाभ, नेकपा एकीकृत समाजवादी पर्साका जिल्ला सचिव बिक्रम चौरसिया, प्रगतिशिल राष्ट्रिय नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हरिदेव यादव, कर्मचारी संगठनका अमित कुमार गिरी लगायतले मन्तव्य राख्नुभएको थियो । 

भेलामा मन्तव्य राख्ने वक्ताहरुले संघिय निजामती सेवा ऐन नबन्नु दर्भाग्य पूर्ण भएको धारणा राख्नुभएको थियो  । वक्ताहरुले संविधान बन्नेको धेरै समय भएपनि ऐन नबन्नुले कर्मचारी प्रताडित हुनु परेको गुनासो गरेका थिए ।