बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक, एसपीपीबारे छलफल हुने

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक, एसपीपीबारे छलफल हुने
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ५, २०७९

अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का बारेमा संसदीय समितिमा जबाफ दिन नआएका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बोलाएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको बैठकमा एसपीपीका बारेमा छलफल गर्ने जनाउ दिएपछि गठबन्धनका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।

आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानमन्त्री देउवा नआएका भन्दै विपक्षी दलका सांसदहरूले चर्को आलोचना गरेका थिए । 

सत्तारूढ दलकै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समेत प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण र एसपीपीबारे जबाफ दिनुपर्ने माग गर्दै आएका थिए ।