अखिल नेपाल फुटबल संघ: कर्मा छिरिङ, इन्द्रमान र मधुसुधन मुद्रा अपचलन काण्डमा !

अखिल नेपाल फुटबल संघ: कर्मा छिरिङ, इन्द्रमान र मधुसुधन मुद्रा अपचलन काण्डमा !

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ५, २०७९

काठमाडौँ । फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) अधिवेशनको संघारमा  विभिन्न काण्डै काण्ड सार्वजनिक भएका छन् । 

एन्फा भित्रका  विभिन्न काण्डमा मुछिएको एन्फाको वर्तमान कार्य समिति यतिखेर फेरी डलर सटही काण्डमा मुछिएको पाइएकाे छ । पछिल्लो पटक सार्वजनिक भएको एन्फाको कुकृत्य मध्ये अस्ट्रेलियामा फुटबल खेल्न जाने क्रममा नेपाली राष्ट्रिय टीमले तिर्नुपर्ने रकम नेपाल राष्ट्र बैंकबाट सटही नगरी बाहिर बाटै डलर सटही गरि बिदेशी मुद्रा अपचलन र गैर कानुनी तवरले सटही गरी हुन्डी गरिएको जानकारी लोकसंवादलाई प्राप्त भएको छ । 

यो घटना बाहिर चर्चामा आएको  पहिलो निवेदनलाई हटाइ दोस्रो निवेदन राखेर किर्ते र फर्जी जालसाजी गरिएको स्पष्टसँग देखिएको छ । यस बिषयमा सम्बन्धित निकायले किर्ते र फर्जी र बिदेशी मुद्रा अपचलन अन्तर्गत छानबिन गरी कार्वाहीको  दायरामा ल्याउनु पर्ने  माग  अखिल नेपाल फुटबल संघ भित्र उठ्दै आएको छ । यी सबै घटनामा अध्यक्ष कर्मा छिरिङ सेर्पा , महासचिव इन्द्रमान तुलाधर र टीम मेनेजर मधुसुधन उपाध्यायको मुख्य हात रहेको आरोप लागि रहेको छ । 

नेपाली टिम अष्ट्रेलिया जानलाई मधुसुधन उपाध्यायको निवेदनको आधारमा १०६४२९४ रकम  लिएको पाइन्छ भने उक्त रकम संस्थागत रुपमै एन्फाको पत्र सहित राष्ट्रिय  बैंकबाट कानुनी आधारमा डलर एक्सचेञ्ज हुनु पर्नेमा त्यसो नगरी   ब्रोकर र महासचिव  इन्द्रमान तुलाधर  टीम मेनेजर मधुसुधन उपाध्यायको मिलोमतोमा सटही गरी मुद्रा अपचलन गरिनु आफैमा गैरकानुनी भएको भनि लामो समयदेखि अखिल नेपाल फुटबल संघ भित्र  विवाद हुँदै आएको छ । 

खेलमा पराजित भएर नेपाल फर्केको महिनौं बितेपछि डलर अपचलन कालोबजारीको चर्चा बाहिर आयो उनले अध्यक्ष  र महासचिवको मिलोमतोमा निवेदन फेरेको प्रमाण समेत सार्वजनिक भएको  छ ।  

मधुसूदन उपाध्यायको निवेदन अस्ट्रेलियाको होटलले नगद लिन नमानेको कारण देखाइएको छ यो सत्यतासँग मिल्दोजुल्दो  छैन ।  निवेदनमा भनिएका बटाजुले तिरेको रकम के नाम र कुन एजेन्सी मार्फत कारोवार गरिएको हो ? कुन विल भर्पाइ प्रयोग भयो ?  बटाजुले उहाँ पाउने रकम हुण्डीबाट पाए त्यो नेपालबाटै सम्भव थिएन र र ? यो सवै  अहिले खोजीको विषय बनिरहेको छ । 

यस्को जवाफ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा एन्फाका महासचिव सहितको वर्तमान कार्य समितिले दिनु पर्ने भन्दै आवाज उठिरहेको छ । यस अघि विभिन्न काण्डमा मुछिएको एन्फा फेरी मुद्रा सट्टापट्टाको काण्डमा फसेको छ । यो घट्नालाई हालसम्म ढाकछोप हुँदै आएकोमा  अधिवेशनको संघारमा  यो काण्ड सार्वजनिक मात्र होइन पुनः चर्चाको शिखरमा छ । सुशासन पारदर्शिता र जवाफदेहिता कायम गर्न यतिको जिम्मेवार संस्थाले यस्ता विषयवस्तुहरूलाई ख्याल गरिनुपर्ने चर्चाले स्थान पाइरहेको छ ।