अमेरिकास्थित प्रवासी नेपाली मञ्चको अध्यक्षमा कृष्ण लामिछाने

अमेरिकास्थित प्रवासी नेपाली मञ्चको अध्यक्षमा कृष्ण लामिछाने

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ६, २०७९

काठमाडौँ– प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा कृष्ण लामिछानेको अध्यक्षतामा  ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको जनाइएको छ । संयुक्त राज्य अमेरिकाको बोस्टनमा भएको तेस्रो अधिवेशनबाट लामिछाने अध्यक्षमा निर्वाचित भएका हुन् ।  

अधिवेशनले प्रथम उपाध्यक्षमा गोपाल कँडेल, महिला उपाध्यक्षमा माया ढुंगाना, उपाध्यक्षद्वय मा  गोकर्ण दाहाल भीम ओली निर्वाचित गरेको छ भने  सचिवमा छवि पाण्डेलाई निर्वाचित गरेकाे छ ।

मञ्चको उपसचिवहरूमा थोमस बास्तोला,नेत्र पाण्डे, कृष्ण आचार्य र गोविन्द खनाललाई निर्वाचित गरेको छ भने सदस्यहरूमा मणि भण्डारी,भुवन अधिकारी,डिबी रावत,अजय कुशवाह,प्रकाश बस्नेत,प्रचण्ड श्रेष्ठ,सुनिल कुमार ताम्राकार,रामकृष्ण बजगाईं,उपेन्द्र रावत,केदार पहारी,भीष्म आचार्य,दुर्गा बिक, नारायण ढुंगाना,दीपक सापकोटा,दीपक पाण्डे,विजय बगाले, शिव अधिकारी, घनश्याम खनाल, मोहनी डुम्रे र शंकर लुंगेली रहनु भएको बोस्टनबाट प्राप्त समाचारमा उल्लेख छ । बाँकी पाँच जना सदस्य पछि मनोनित  हुने मञ्चले जानकारी दिएको छ । 

उक्त अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा‍‍. राजन भट्टराईको प्रमुख आतिथ्यता भएको थियो । यसैगरी अधिवेशनमा विशेष अतिथिको रुपमा पूर्वमन्त्री महेन्द्र पाण्डे, सांसद शान्ता चौधरीको उपस्थिति रहेको थियो  ।