वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

एजेन्सी  |  विदेश  |  असार ६, २०७९

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन् । गोली लागेकामध्ये १ किशोरको मृत्यु भएको बताइएको छ । ‘२ वयस्क र १ किशोरमाथि गोली हानिएको थियो । त्यस्तै, १ प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो’, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट जे कोन्टीले भने । 

गोली लागेर घाइते भएका प्रहरी अधिकारी र अन्य २ जनाको अस्पतालमा उपचार भइरहेको छ । घाइते किशोरको भने मृत्यु भएको प्रहरीले जनाएको छ । वासिंगटन डीसीको संस्कृति प्रवर्द्धन गर्ने पर्व मोचेलाको समयमा गोलीबारी भएको थियो । 

अमेरिकामा पछिल्लो समयमा बारम्बार बन्दुक हमला भएका छन् ।