गुगलका सहसंस्थापक सर्गेई ब्रिनले गरे सम्बन्धबिच्छेद

गुगलका सहसंस्थापक सर्गेई ब्रिनले गरे सम्बन्धबिच्छेद

लोकसंवाद संवाददाता  |  विदेश  |  असार ६, २०७९

गुगलका सहसंस्थापक सर्गेई ब्रिनले श्रीमतीसँग सम्बन्धबिच्छेद गरेका छन् । विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका अर्बपति ब्रिनले ‘मिलाउन नसकिने भिन्नता’ देखाउँदै सम्बन्धबिच्छेदका लागि यसै महिनाको सुरुमा निवेदन दिएका थिए । 

७ नोभेम्बर २०१८ मा बन्धनमा बाँधिएका यी २ बीच सन् २०१५ मा देखभेट भएको थियो । सर्गेई ब्रिन र निकोल शानाहानकी २ वर्षकी छोरी छन् । 

क्यालिफोर्नियाको सान्ता क्लारा काउन्टीमा पेस गरिएको अदालतको फाइलिङअनुसार २०२१ डिसेम्बरमा दुवै अलग भएका थिए । बिया–इको फाउन्डेसनकी संस्थापक शानाहानले गर्भवती हुन धेरै संघर्ष गर्नुपरेको बताएकी थिइन् । उनको संस्था वातावरणीय र सामाजिक न्यायका लागि समर्पित छ ।

सन् २०१८ मा २ जनाले प्रजनन समस्याहरूमा समर्पित चिकित्सा अनुसन्धान फर्म बक इन्स्टिच्युटको सहस्थापना गरेका थिए ।