एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता शेयर लिलामीमा

एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता शेयर लिलामीमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ६, २०७९

एनसीसी बैंकले १ असारदेखि २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरिरहेको छ ।

यस लिलामी शेयरमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४२ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा १५ असारसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । 

लिलामी शेयरको शिलबन्दी १६ असार बिहान ११ बजे सनराइज क्यापिटल कमलपोखरी काठमाडौंमा खोलिनेछ ।