किरात एकेडेमीको अध्यक्ष र  पुरस्कार सिफारिस समितिको संयोजकमा भूपाल राई

किरात एकेडेमीको अध्यक्ष र  पुरस्कार सिफारिस समितिको संयोजकमा भूपाल राई

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार ६, २०७९

काठमाडौँ । कोभिड १९ को बिश्वब्यापी महामारी तथा किरात एकेडेमी संरचना अनुकुलको कृति अभावको कारण लामो समयसम्म स्थगित भएको 'किरात एकेडेमी पुरस्कार'  वितरणको लागि एक सिफारिस समिति गठन भएकाे  एकेडेमीले जनाएको छ । । यस सङसगैँ किरात एकेडेमीको नयाँ कार्य समितिको समेत पुनर्गठन गरिएको  ।

  एकेडेमीका अनुसार किरात एकेडेमीको अध्यक्षमा भूपाल राई, उपाध्यक्षमा डा‍. धनप्रसाद सुवेदी, महासचिव चेतनाथ धमला,सचिव  प्रकाश राई र कोषाध्यक्षमा  रुप कुमार राई रहनु भएको छ । 

 त्यसैगरी सदस्यहरुमा  डा‍.  यादेवी ढकाल, कला राई, राधा राई, बम बानिया, मनिष पिएम र आस कुमार राईलाई चयन गरिएकाे छ । 

किरात एकेडेमी पुरस्कार यसभन्दा अगाडि पहिलो चोटि युग पाठक र दोस्रो चोटि झलक सुवेदीलाई प्रदान गरिएको थियो । ५० हजार राशी रहेको यो पुरस्कार तेस्रो चोटि प्रदान गर्नको लागि पन्ध्र दिन भित्रमा कृति तथा योग्य ब्यक्ति छनोट गरिसक्ने गरि एक  सिफारिस समिति गठन गरिएको छ । 

सिफारिस समितिको संयोजकमा भूपाल राई, सदस्यद्वय  डा. धनप्रसाद सुवेदी  र चेतनाथ धमला रहनु भएको एकेडेमीले जानकारी दिएको छ ।