ट्रेड युनियन र पेसागत आन्दोलनका चुनौती: अवसरवाद, अराजकतावाद र अर्थवाद !

ट्रेड युनियन र पेसागत आन्दोलनका चुनौती: अवसरवाद, अराजकतावाद र अर्थवाद !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ७, २०७९

सर्लाही । पेशागत महासंघ नेपालका राष्ट्रिय समितिका संयोजक प्रेमलकुमार खनालले पेशागत महासंघ नेपाल पेशाकर्मीहरूको हकहितका लागि सेवा सुरक्षा, समान अवसर, समृद्ध जीवन, सुनिश्चित भविष्यका लागि समाजवादको लक्ष्यका साथ भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ ।

 महासंघको सर्लाही जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले  यतिबेला पेशागत आन्दोलनमा दक्षिणपन्थी अवसरवादको प्रभाव परेको र यस प्रवृत्तिबाट पेशागत आन्दोलनलाई जोगाउनु पर्ने धारणा राख्नुभयो । 

आन्दोलनभित्र तीन ‘अ’ अवसरवाद, अराजकता वाद र अर्थ वादको प्रवृत्ति र चुनौतीले पेशागत क्षेत्रमा प्रभाव पारि रहेकोले यसका विरुद्ध वैचारिक संघर्ष गर्दै ट्रेड युनियनलाई एकताबद्ध बनाउन लाग्नुपर्ने बताउनु भयो । 

 ऋषिराम टंगालको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य लक्ष्मण पौडेलले गर्नुभएको थियो । 

भेलाले राजा राम शाहको अध्यक्षतामा ३१ सदस्यीय पेशागत महासंघ नेपाल सर्लाही जिल्ला समिति, राम किशोर रायको अध्यक्षतामा १५ सदस्यीय एकीकृत सरकारी कर्मचारी संगठन र मधुकर भण्डारीको अध्यक्षतामा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सर्लाही गठन गरेको छ ।