जापानी अदालतको फैसला : समलिंगी विवाहमाथिको प्रतिबन्ध 'संवैधानिक' !

जापानी अदालतको फैसला : समलिंगी विवाहमाथिको प्रतिबन्ध 'संवैधानिक' !

एजेन्सी  |  समाचार  |  असार ७, २०७९

टोकियो । जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ । ओसाकाको जिल्ला अदालतले यस्तो फैसला गरेको हो । पछिल्लो फैसलाले  एलजीबीटीक्यू अधिकारलाई ठूलो धक्का दिएको छ । यसअघि तीन जना समलिंगी जोडीले ओसाका जिल्लामा मुद्दा दायर गर्दै १० लाख एन क्षतिपूर्ति मागेका थिए ।

विवाह गर्न नसक्ने उनीहरुको दाबीलाई अस्वीकार गर्दै अदालतको फैसलामा भनिएको छ, ‘व्यक्तिगत मर्यादाको परिप्रेक्ष्यमा हेर्दा समलिंगी जोडीलाई आधिकारिक मान्यताको माध्यमबाट सार्वजनिक रूपमा मान्यता दिइने फाइदा महसुस गर्न आवश्यक छ । ’

जापानको संविधान अनुसार विवाहलाई दुवै लिंगको पारस्परिक सहमतिको आधारमा परिभाषित गरिएको छ । जापान समलिंगी विवाहलाई अनुमति नदिने एक मात्र जी ७ देशका समूहको सदस्य हो । जनमत सर्वेक्षणले धेरैजसो सर्वसाधारण जापानमा समलिंगी विवाहलाई अनुमति दिने पक्षमा रहेको देखाएको छ ।

टोकियो सहित धेरै क्षेत्रले समलिंगी जोडीहरूलाई सम्पत्ति भाडामा दिनका लागि सहयोग गर्न साझेदारी प्रमाणपत्र जारी गर्न थालेका छन् ।