अमेजनको सामान बेजोसलाई नै फिर्ता  दिएपछि

अमेजनको सामान बेजोसलाई नै फिर्ता  दिएपछि

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०७६

काठमाडौं, एजेन्सी । अमेजन कम्पनीको वार्षिक साधारण सभामा एउटा रोचक घटना घटेको छ । 

बुधवार बैठक हुँदै गर्दा एकजना महिलाले अमेजनको वेवसाइट मार्फत मगाएको सामान कम्पनीका सिइओ जेफ बेजोसलाई फिर्ता गर्ने कोशिश गरिन ।

बैठक भैरहेको समयमा यस्तो घटना घटेपछि बेजोस पनि एकछिन त अकमक्क परे । तर स्थितिलाई रोचक ढंगले सम्हाल्दै उनले भने, यति सानो कामका लागि तपाईँले यहाँ सम्म आएर दुख पाउनु परेकोमा माफी चाहन्छु । 

बैठकमा उनले अन्य सहभागीलाई पनि ठट्यौलो पाराले सोधे, तपाईँहरुको पनि केही फिर्ता गर्नुपर्ने छ कि ? 

बेजोसलाई सामान फिर्ता गर्ने महिला अमेजनकै शेयर होल्डर रहेको बुझिएको छ । 

उनले ४ पटकसम्म उपयुक्त अवसर हेरेर बेजोसलाई नै सामान फिर्ता गर्ने कोशिश गरे तापनि सफल भएकी थिइनन् । 

यो सबै घटनाक्रमको जानकारी एकजना मिडियाकर्मीले ट्वीट मार्फत गरेका थिए ।