पिपुल्स पावर कम्पनीको आईपीओ खुल्दै

पिपुल्स पावर कम्पनीको आईपीओ खुल्दै

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ७, २०७९

पिपुल्स पावर कम्पनीले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण शेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । यसमध्ये अतिप्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा- १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता शेयर बिक्री गर्नेछ । यसैगरी इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आईपीओ जारी हुनेछ ।

यसमा २२ असारसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म सबै शेयर बिक्री नभएमा ५ साउनसम्म आवेदन दिन सकिनेछ । इच्छुक खरिदकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आईएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् ।.

यसबाहेक सी-आस्बन प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत उक्त आईपीओमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी आइएस’ रेटिङ प्रदान गरेको छ ।