सुन-चाँदीको मूल्य स्थिर

सुन-चाँदीको मूल्य स्थिर

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ७, २०७९

सुन-चाँदीकाे मूल्य म‌ंगलबार स्थिर छ । साेमबारकै मूल्यमा म‌ंगलबार सुन-चाँदीकाे काराेबार भइरहेकाे नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

महासंघका अनुसार साेमबार ताेलामा २०० रुपैयाँले वृद्धि भई सुन ९७ हजार ७०० रुपैयाँमा किनबेच भएकाे थियाे । साेही मूल्यमा म‌ंगलबार काराेबार भइरहेकाे हाे । तेजावी सुनको भाउ ९७ हजार २०० रुपैयाँ छ ।

म‌ंगलबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन-चाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुन-चाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन-चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् । म‌ंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ८३८ र चाँदी प्रतिऔँँस २१ दशमलब ६७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।