कुमारी बैंक र महाराजा रिसोर्ट बीच विशेष छुट दिने सम्बन्धी सम्झौता

कुमारी बैंक र महाराजा रिसोर्ट बीच विशेष छुट दिने सम्बन्धी सम्झौता

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ७, २०७९

कुमारी बैंक लिमिटेड र कालिका नगर, बुटवल स्थित महाराजा रिसोर्ट प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई महाराजा रिसोर्ट प्रा.लि.बाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको कुमारी बैंकले जनाएको   छ ।

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नविन मुनि बज्राचार्यले तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक  रमेश गैरेले हस्ताक्षर गर्नुभयो । 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत महाराजा रिसोर्टका विभिन्न सेवाहरुमा आकर्षक छुटको व्यवस्था गरेको हो ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउण्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।