मूल्यवृद्धिको विरोधमा सत्तारुढ पार्टीको विद्यार्थी संगठनद्वारा मन्त्रीकाे पुत्ला दहनदेखि राजीनामा माग

मूल्यवृद्धिको विरोधमा सत्तारुढ पार्टीको विद्यार्थी संगठनद्वारा मन्त्रीकाे पुत्ला दहनदेखि राजीनामा माग

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ७, २०७९

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धिको विरोधमा मन्त्रीहरुको पुत्ला जलाएको छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा मंगलबार साँझ काठमाडौँको शंकरदेव क्याम्पस अगाडि अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडसको पुत्ला  जलाएका हुन् ।  

पुत्ला दहनको क्रममा प्रहरीले बल प्रयोग गर्दा सामान्य ठेलाठेल समेत भएको छ । प्रदर्शनको क्रममा ‘मूल्यवृद्धि फिर्ता गर’, ‘नालायक सरकार राजीनामा दे’,‘।। तेरो पाराले दु ख पायो साराले’ जस्ता नारा लगाएका थिए ।

कार्यक्रममा जनताको समस्या नदेख्ने ,जनताको समस्या नबुझ्ने सरकारप्रति जनताको समर्थन पनि नहुने अनेरास्ववियूका अध्यक्ष पराजुलीले बताउनु भएको थियो  ।