एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक १३ र १४ मा काठमाडौँमा, करिब १६ सयको सहभागीता रहने

एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक  १३ र १४ मा काठमाडौँमा, करिब  १६ सयको  सहभागीता रहने

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ८, २०७९

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको विभिन्न तीन तहको कमिटीको बैठक बोलाएको छ । पार्टीले पोलिटब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषदको बैठकको तयारी गरेको हो  । मंगलबार बसेको  केन्द्रीय सचिवालयको बैठकले असार  १० गते पोलिटब्युरो, ११ गते केन्द्रीय कमिटी र १३ र १४ मा केन्द्रीय परिषदको बैठक बोलाइएको हो ।

बैठकले निर्वाचनको समीक्षा गर्दै आगामी कार्ययोजना  तयार गर्ने बताइएको छ ।  पार्टीको केन्द्रीय परिषद बैठकमा १५ सय वढी नेताहरुको सहभागिता हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो ।

केन्द्रीय परिषद बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभाग सदस्य, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहार परिषद,सबै जिल्लाका अध्यक्ष, प्रत्येक निर्वाचन क्षेत्रबाट १ महिला र १ पुरूष गरी १६ सय बढी नेता सहभागी हुने  बताइएकोछ । परिषदको वैठकमा विभिन्न तल्लो तहका कमिटीहरूबाट आएका स्थानीय तह निर्वाचनको समीक्षा आगामी कार्यभार पार्टीको रणनीति लगायतका सवालमा छलफल हुने बताईएको छ । 

 स्थानीय तह निर्वाचनमा गठबन्धनबाट अपेक्षाकृत सहयोग नपाएको भनिरहेको एकीकृत समाजवादीले तीनै कमिटीको बैठकबाट आगामी नीति तय गर्ने छ ।

कीकृत समाजवादीले केन्द्रीय परिषद्को बैठक पहिलोपटक बोलाएको हो ।