सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ८, २०७९

नेपाली बजारमा बुधबार सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ । 

सोमबार र मंगलबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९७ हजार ३०० रुपैयाँ तोकिएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजावी सुनको भाउ ९६ हजार ८०० रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन-चाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुन-चाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन-चाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।