शबाना आजमीको बधाइमा पनि ट्रोल

शबाना आजमीको बधाइमा पनि ट्रोल

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १०, २०७६

काठमाडौं। एजेन्सी । भारतमा सम्पन्न लोकसभा निर्वाचनमा भाजपा गठवन्धन एनडीएले भारी बहुमत प्राप्त गरेको छ । चुनाव परिणाम पछि विभिन्न देशका राष्ट्राध्यक्ष देखि बलिउड कलाकारसम्मले नरेन्द्र मोदीलाई बधाई दिएका छन् । 

बधाई दिने क्रममा बलिउड कलाकार शबाना आजमीले पनि ट्वीट मार्फत नरेन्द्र मोदी तथा एनडीएलाई बधाई दिइन । तर उनको ट्वीटलार्ई ट्रोल बनाउँदै त्यसपछि सोशल मिडियामा अनेक मेसेज आएका छन् । 
ब्शmष् क्जबदबलब

अटल बिहारी वाजपेयीले चलाएको बसबाट पाकिस्तान गए हुन्छ, बधाई जहिले दिए पनि हुन्छ, बस राती पनि चल्छ पाकिस्तान जाने चाँहि कहिले हो ?

केही दिन पहिले यदि नरेन्द्र मोदी पुनः सत्तामा आएका खण्डमा शबानाले देश छोड्ने भन्ने हल्ला चलेको थियो । यसै विषयलाई लिएर उनको ट्वीट माथि ट्रोल गरिएको हो । 

यसबारेमा सफाई दिंदै शबानाले ट्वीट मार्फत भनिन, आफू भारतमा जन्मिएको र भारतमै मर्ने बताइन् ।