नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढ्यो, ११ महिनामा १५ खर्ब ७७ अर्ब घाटा

नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढ्यो, ११ महिनामा १५ खर्ब ७७ अर्ब घाटा

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ८, २०७९

चालू आर्थिक वर्ष २०७८/०७९ को सुरुवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको छ ।  

सो अवधिमा नेपालले विभिन्न देशबाट १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । 

गत आर्थिक वर्ष २०७७/०७८ को सुरुवाती ११ महिनामा नेपाललको कुल वैदेशिक व्यापार १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपैयाँ रहेको थियो । उक्त वर्ष नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । 

अघिल्लो आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रुपैयाँ रहेको थियो । 

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार २९ दशमलब ५ प्रतिशतले वृद्धि भएको छ । सो समयमा कुल वैदेशिक व्यापार घाटा २५ प्रतिशत, आयात २७ दशमलब ५ प्रतिशत, निर्यात ५३ दशमलब ३ प्रतिशत र व्यापार घाटा २५ प्रतिशतले वृद्धि भएको छ ।