'गठबन्धनमा अपमान हुँदा पनि पार्टीले धेरै ठाउँमा जित्न सकेन्'

'गठबन्धनमा अपमान हुँदा पनि पार्टीले धेरै ठाउँमा जित्न सकेन्'

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ८, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत रहेको बताउनु भएको छ । समाजवादी प्रेस संगठन नेपाल काठमाडौंले बुधबार नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै नेता खनालले भन्नुभयो

तर त्यो मत हामीले संरक्षण गर्न सकेनौ । गठबन्धनमा अपमान हुँदा पनि  पार्टीले धेरै ठाउँमा जित्न नसकेको भन्दै खनालले  त्यत्रो मत हुँदाहुँदै पनि पार्टी धेरै ठाउँमा जित्न नसकेको बताउनु भयो  ।

कम मत आउनुको पछाडी केही आफ्ना कमजोरी भएपनि गठबन्धन दलकै अपमानले बढी काम गरेको भन्दै अव  हामीले देशव्यापी संगठन निर्माण गरेर चुनावमा गएको भए ९ लाखको सट्टा २० लाख मत प्राप्त गरिन्थ्यो, नेता नेपालले भन्नुभयो ।

नेता खनालले  प्राप्त मतलाई परिवर्तनको संस्थागत र समाजवादको दिशाको झिल्लकोको रुपमा उपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिंदै  पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले असल र जनसेवाको नमूना काम गरेर अघि बढ्न निर्देशन दिनुभएको थियो ।

निर्वाचन प्रणालीलाई परिवर्तन गरी  निर्वाचनलाई कसरी सस्तो बनाउने भन्ने बारेमा समेत छलफल  भै रहेको भन्दै ऐन नियम र संविधानलाई राम्रोसँग अध्ययन गर्दै  ‘परिपक्व जनप्रतिनिधिका रुपमा काम गर्न  निर्वाचित जनप्रतिनिधिहरुलाई  सुझाउनु भएको थियो । क्रान्तिकारीहरुको शैली जनतासँग एकाकार हुने हो तपाईहरु त्यसतर्फ लाग्नुस् भन्दै जनसरोकारका सवालहरु उठान गर्दै जनतासँग सम्वन्ध स्थापित गर्ने तर्फ लाग्न अनुरोध गर्न भयो ।