शुभकामना गोल्डकप: आयोजक हेमजा युनाइटेड फाइनलमा

शुभकामना गोल्डकप: आयोजक हेमजा युनाइटेड फाइनलमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ९, २०७९

कास्की । पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेमजा युनाइटेड फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएकाे पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २–० गोल अन्तरले जीत निकाल्दै आयोजकले फाइनल यात्रा पक्का गरेको हो । हेमजाका लागि दुवै गोल कमल थापाले गरे ।

पहिलो हाफ बराबरीमा रोकिएपनि दोश्रो हाफमा हेमजाले लगातार २ गोल हान्यो । खेलको ५३ औं मिनेटमा हेम्जाका कमलले बायाँ एरियाबाट गरेको बललाई उत्कृष्ट प्रहार गरी गोलमा परिणत गरे । ६७ औं मिनेटमा कमलले ब्यक्तिगत दोश्रो गोल गर्दै जीत पक्का गराए ।

प्रतियोगिता अन्तरगत बिहिबार अफ्रिकी क्लब एभिनियर र चर्च ब्वाइज विच फाइनल प्रवेशका लागि अन्तिम खेल हुँदैछ । असार ४ गतेदेखी संचालन भएको प्रतियोगितामा ८ टिम सहभागी थिए । विजेताले ६ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउनेछन् ।