सानिमा बैंकको ऋणपत्रका लागि आजदेखि आवेदन दिन सकिने

सानिमा बैंकको ऋणपत्रका लागि आजदेखि आवेदन दिन सकिने

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १०, २०७९

सानिमा बैंक लिमिटेडले शुक्रबारदेखि ऋणपत्र बिक्री खुलाएको छ । बैंकले प्रतिकित्ता १ हजारका दरले ’१० दशमलब २५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्कासन गर्दै छ ।

बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । उक्त ऋणपत्रमध्ये ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निजी क्षेत्रका व्यक्तिगत तबरले बिक्री गरिनेछ । बाँकी रहेको २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधरणका लागि बिक्री खुलाएको हो । 

१० वर्षका लागि निष्कासन गर्न लागिएको उक्त ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलब २५ प्रतिशत छ । ऋणपत्रमा न्यूनतम २५ कित्ता र अघिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । 

ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले १० देखि १४ असारसम्म आवेदन दिन सक्नेछन् । १४ असारसम्म लगानीकर्ताबाट पर्याप्त आवेदन नपरे आवेदन अवधि २४ असारसम्मका लागि लम्बिने बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडले जनाएको छ ।