पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन कांग्रेस नेता कोइरालाको सुझाव

पेट्रोलियम पदार्थमा प्रतिलिटर २६.६२ रुपैयाँ कर हटाउन कांग्रेस नेता कोइरालाको सुझाव

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १०, २०७९

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालका लागि पेट्रोलियम पदार्थका कर हटाउन सरकारलाई सुझाव दिएका छन् ।

जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न कर नलिन निर्णय गर्न उनले सुझाएका हुन् । यस्तो व्यवस्था अन्तर्राष्ट्रय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म कायम राख्नुपर्ने उनको भनाइ छ ।

उनले भन्सार र प्रज्ञापन शुल्क आधा मात्र लिन र बाँकी कर हटाउन भनेका हुन् ।

कोइरालाले ट्वीट गर्दै जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत कर ४ रुपैयाँ र भन्सार र प्रज्ञापन शुल्क २५ दशमलब २३ को आधा १२ दशमलब ६२ रुपैयाँगरी जम्मा २६.६२ रुपैयाँ प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दा सम्म नलिने निर्णय गरोस् भनेका छन् ।