रन्जना पराजुली लम्सालको  'आर्तनाद'  उपन्यासको लोकार्पण

रन्जना पराजुली लम्सालको  'आर्तनाद'  उपन्यासको लोकार्पण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ११, २०७९

साहित्यिक पत्रकार संघले आज २०७९ असार ११ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा उपन्यासकार रन्जना पराजुली लम्सालको उपन्यास 'आर्तनाद'को लोकार्पण समारोहको आयोजना गर्‍यो। 

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्तले सो कृतिको लोकार्पण गरे। 

लोकार्पित कृति 'आर्तनाद' बारे उपन्यास समाज नेपालका अध्यक्ष वरिष्ठ आख्यानकार शंकर भारती  र समालोचक लीला लुँइटेलले आआफ्नो मन्तव्य राखेका थिए। 

सोही कार्यक्रममा साहित्यकारहरु बाबुराम पौडेल, डा। दामोदर पुडासैनी, ललीता दोषी, उपन्यासकार रन्जना पराजुली लम्साल, प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्त र अध्यक्ष राधेश्याम लेकालीलगायतले आआफ्नो मन्तव्य राखेका थिए । 

कार्यक्रमको संचालन साहित्यकार राजबाबु श्रेष्ठले गरेका थिए।