नागरिक लगानी कोषः बोनस सेयर वितरण गर्ने

नागरिक लगानी कोषः बोनस सेयर वितरण गर्ने

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १२, २०७९

काठमाडौँ । नागरिक लगानी कोषले गत आर्थिक वर्ष (२०७७/७८) को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । 

कोषको बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

प्रस्तावित बोनस सेयर नेपाल सरकार, अर्थमन्त्रालयको स्वीकृत गरी आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कोषले जानकारी गराएको छ । 

कोषले ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।