फर्मुला वान इन स्कूल्समा राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव घिसिङ्ग

फर्मुला वान इन स्कूल्समा राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव घिसिङ्ग

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १३, २०७९

काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा पहिलो पटक फर्मुला वान इन स्कूल्स (Formula1 in Schools) कार्यक्रम शुरु गरिएको नासाले जनाएको छ ।  

नासाका  अध्यक्ष दशरथ रिसालका अनुसार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ्गले सो कार्यक्रमको आज एक समारोह बीचमा शुभारम्भ गर्नु भएको हो ।

नेपालका १० वटा इन्जिनियरिङ्ग , साइन्स र ब्यबस्थापन कलेजका सय जना गर्लस छात्राहरु सहभागी सो कार्यक्रममा दिपक थापा, मन्चन तिवारी , विपिन गौतम , आशिष लामिछाने , सुयोग खनाल लगायतले फर्मुला वान , कार्ट्स रेसिंग , स्पोर्ट्स म्यानेजमेन्ट , सडक सुरक्षा र व्यक्तित्व विकास जस्ता विषयमा अभिमुखीकरण तथा तालिम दिनु भएको छ । 

मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा सम्पन कार्यक्रममा मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ विश्व परिषद् सदस्य   गोविन्द भट्टराई , नेपाल ओलम्पिक कमिटिका सदस्य रमेश सिवाकोटी , नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतका पदाधिकारीहरु समेत अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो ।  

काठमाडौँ इन्जिनियरिङ्ग कलेजका अध्यक्ष हिरण्य मान प्रधान , नासा नेपालका उपाध्यक्ष अनिल बराल तथा सदस्य दिप्रस शाक्य, नासा नेपालका परियोजना तथा वैदेशिक मामिला म्यानेजर सुवास भट्टराई र ब्रान्डिङ्ग अफिसर सौगात राजभण्डारी समेतको उपस्थितिमा सम्पन्न कार्यक्रममा सदस्य सचिव घिसिङ्गले नासा नेपालको सक्रियताको उच्च प्रशंसा गर्दै आगामी दिनमा राखेपको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनु भएको थियो ।