प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो

प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १३, २०७९

साताको दोस्रो कारोबारको  दिन सोमबारको प्रि-ओपनिङमा नेप्से दोहोरो अंकले बढेको छ । साढे १० देखि ११ बजेसम्मको अवधिमा २५ वटा कम्पनी कारोबारमा आएका छन् । 

यीसमध्ये २२ वटा कम्पनीको भाउ बढेको छ । २ वटा खकम्पनीको भाउ घट्दा १ कम्पनीको भाउ यथावत् रहेको छ ।

यस अवधिमा नेप्से १० दशमलब ३२ अंकले बढेर नेप्से सूचक १ हजार ९६७ दशमलब ३० बिन्दुमा पुगेको छ । यस अवधिमा २५ वटा कम्पनीका ७ हजार ७७ कित्ता शेयर २६ लाख ८५ हजार ६५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।