नेकपा एसको पहिलो केन्द्रीय परिषद् बैठक सुरु

नेकपा एसको पहिलो केन्द्रीय परिषद् बैठक सुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १३, २०७९

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद्को बैठक आजदेखि सुरु भएको छ ।

नेपाल प्रज्ञा भवन, कमलादीमा बसिरहेको बैठकमा देश तथा प्रवासबटसमेत १ हजार ५०० प्रतिनिधि सहभागी हुने बताइएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर आन्तरिक विवादमा मुछिएको नेकपा एसले जारी बैठकमा पार्टीका भावी रणनीति र योजनाका बारेमा अध्यक्ष नेपाल र महासचिव बेदुराम भुसाललगायतका प्रतिवेदनमाथि छलफल गर्ने जनाइएको छ ।