चाइनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडिमा प्रत्यक्ष प्रशारणमा

चाइनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडिमा प्रत्यक्ष प्रशारणमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार १४, २०७९

ललितपुर । चाइनिज सुपर लिग फुटबलको खेलहरूको नेपालमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एच डिले गर्ने भएको छ । 

पहिले चाइनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर लिग  को नामबाट सुरु भएको थियो । चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । 

चाइनिज सुपर लिगलाई दर्शकहरुको लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडीहरुको लागि पनि आकर्षण को केन्द्रको  रुपमा लिइन्छ । यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडी ओस्कार, सर्जिन्ह्यो,  एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडीहरु विभिन्न क्लबहरूबाट प्रतिस्पर्धा गर्दैछन् ।